Logo

लकडाउनमा एम्बुलेन्समा गाँजा बरामद



पर्सा, २८ जेठ । अवैध लागूऔषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका रामपुर टोलबाट ना.४ च ८५९९ नम्बरको अल्पाईन मेडिकल कलेज टिचिङ हस्पिटल सिमराको एम्बुलेन्समा अवैध लागूऔषध गाँजा ५६ केजी फेला पारी चालक सहित ३ जना मंगलबार राति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक सर्लाही लालबन्दी नगरपालिकाका जित बहादुर वाईवा, सोही ठाउँका दिल बहादुर वाईवा र पर्सा बहुदरमाई नगरपालिका भौराटारका हरिशंकर महतो रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त परिणामको गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot