काठमाडौं, २८ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले वर्तमान सरकारलाई असफल भयो भन्न निमल्ने तर्क गरेका छन् । उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी रुपमा काम गरेको दाबी गरे । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भएकाहरुले एक जनाले पनि सरकारको आलोचना नगरेको पनि उनले जिकिर गरे । हेरौं भिडिओ: