काठमाडौं, २८ जेठ । सरकारले असार १ बाट लागु हुने गरी लकडाउन खुकुलो गर्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
लकडाउन खुकुलो बनाउन सरकारले मोडालिटी बनाएको र त्यसलाई मन्त्रिपरिषदबाट निर्णय गर्न लागेको हो । मोडालिटी अनुसार विभिन्न चरणमा लकडाउन खुकुलो बनाउने उल्लेख छ । विस्तारै कृषिलगायत अत्यावश्यक सेवा सञ्चालन गर्दै लकडाउन खुकुलो गर्ने तयारी भएको छ ।
७८ दिन लामो लकडाउन पछि सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लंघन हुनथालेको छ । यसलाई मध्यनजर गरी सरकारले लकडाउनमा सहजीकरण गर्न लागेको हो ।-Photo Source: PM Press Advisor