काठमाडौं, २८ जेठ । पाटन अस्पतालको आईसियु कक्षबाट पोर्टेवल अल्ट्रासाउण्ड मेसिन चोरी गरेको आरोपमा चिकित्सक डा प्रवीण मिश्र र रमेश कुमार शर्मा पक्राउ परेका छन् । २० लाख ७९ हजार रुपैयाँ पर्ने सो मेसिनलाई स्वास्थ्यकर्मी व्यस्त रहेको मौकामा उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ । डा मिश्र बर्दिबासको निजी अस्पतालमा कार्यरत चिकित्सक हुन् ।
गत १७ जेठमा मेसिन चोरी भएपछि अस्पतालले प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानबाट सोही अस्पतालमा कार्यरत चिकित्सकको संलग्नता देखिएकाले पक्राउ गरिएको ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले बताए । उनीहरुलाई चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । मेसिन पनि प्रहरीले बरामद गरेको छ । आफुहरु मेसिन मर्मत गर्न कम्पनीबाट आएको बहानामा उनीहरुले चोरी गरेका हुन् ।-Symbolic Photo