Logo

अस्पतालको एउटै वार्डमा दुई कोरोना संक्रमितद्वारा आत्महत्या



एजेन्सी, २८ जेठ । भारतमा एकै दिन दुईजना कोरोना भाइरसका संक्रमितले आत्महत्या गरेका छन् । घटना भारतको दक्षिणी राज्य केरलाको हो जहाँ आठ घन्टाको दौरान दुईजना संक्रमितले आत्महत्या गरेका छन् ।

बुधबार दुवैजनाले त्रिरुभाननाथपुरमस्थित मेडिकल कलेज अस्पतालको कोभिड-१९ को वार्डमा आत्महत्या गरेको स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । एकजना वार्डमा झुण्डिएको अवस्थामा भेटिएपछि नर्सले डोरी झारेर आकस्मिक रुपमा उपचार गर्दा मृत घोषित भएका थिए ।

३३ वर्षीय मृतकमा ३१ मे मा कोरोना संक्रमण पत्ता लागेको थियो । उनी डिस्चार्जको प्रक्रियामा थिए । मंगलबार ती व्यक्ति आइशोलेशनबाट भागेर घर गएकोमा स्थानीयले खबर गरेर पुनः अस्पताल फर्काइएको थियो ।

आज नै सोही अस्पतालको वार्डमा ३८ वर्षीय अर्का व्यक्तिले आत्महत्या गरेका छन् । उनलाई कोभिड १९ को आशंकामा अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षणका लागि लगिएको बताइएको छ । एजेन्सीबाट



प्रतिक्रिया दिनुहोस्