Logo

एसईई परीक्षा नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्यांकनलाई मान्यता



काठमाडौं, २८ जेठ । यसवर्षको माध्यमिक तहको एसईई परीक्षा नहुने भएको छ । मन्त्रिपरिषदको बैठकले एसईईको परीक्षा नगर्ने निर्णय गरेको छ ।

एसईई परीक्षाको विकल्पमा आन्तरिक मूल्यांकनलाई मान्यता दिइने ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद बैठकमा एसईई परीक्षाको विकल्पका रुपमा आन्तरिक मूल्यांकन प्रस्ताव गरेका थिए । यसलाई मन्त्रिपरिषदले पारित गरेको हो ।

चैत्रको ५ बाट हुनुपर्ने एसइइ अन्तिम समयमा आएर स्थगित भएको थियो । कोरोना भाइरसको संक्रमणका कारण यसवर्षको एसईई परीक्षा हुन नसकेको हो । यद्यपि मन्त्रालयले अन्य परीक्षाबारे भने कुनै निर्णय गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot