Logo

बजेट पारित



काठमाडौँ, २९ जेठ । प्रतिनिधि सभाले विनियोजन विधेयक पारित गरेको छ । कोरोना भाइरस रोगका कारण बैठकलाई सङ्क्षिप्त बनाएर यो वर्ष केही छिटो नै विधेयक पारित भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक पारितका लागि राख्नुभएको प्रस्ताव बैठकको बहुमतले पारित गरेको हो । विनियोजन विधेयक पारित भएपछि बजेट आश्रित अन्य तीन विधेयक भने विचाराधीन नै छन् । सदनले असार मसान्तसम्म बजेट पारित गर्न पाउने सुविधा रहन्छ ।

विनियोजन विधेयक पारितपछि सरकारले राज्यकोषबाट हुने आवश्यक खर्च तथा अख्तियार दिन पाउने छ । नयाँ आर्थिक वर्ष प्रारम्भ भएसँगै बजेट कार्यान्वयन प्रारम्भ हुनेछ । विनियोजन विधेयक पारितअघि सदनमा २६ सांसदले दर्ता गरिएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्