Logo

ओलीद्वारा योगी आदित्यनाथको आलोचना भारतीय सञ्चारमाध्यमको प्राथमिक समाचार



काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा योगी आदित्यनाथको आलोचना गरेका छन् । योगीले केही दिनअघि नेपाललाई तिब्बतको जस्तो गल्ती नदोहोर्याउन भन्दै नेपाल मामलामा बोलेको विषय संसदमा उठेपछि ओलीले आलोचना गरेका हुन् । उनको आलोचनालाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रसारण र प्रकाशन गरेका छन् ।

योगीको अभिव्यक्ति आलोचित विषय भएको ओलीले बताएको भन्दै द हिन्दुस्तान टाइम्स, द हिन्दुलगायतककका पत्रपत्रिकाले प्रकाशत गरेका छन् । ओलीले भनेका थिए, ‘त्यो बोल्नुभएको हो भने निन्दनीय विषय हो, नेपालमाथिको अवहेलनाका रुपमा बुझेका छौं । योगीजीलाई स्मरण गराउन चाहनछु कि नेपाल हेपिन चाहँदैन ।’

ओलीले भारतको नेताहरुलाई योगीलाई नेपालमाथि थ्रेट नदिन सुझाव दिन भनेको हिन्दुस्तान टाइम्सले लेखेको छ । भारतको केन्द्रीय नेतृत्वले उनलाई सुझाव दिनुपर्ने भनेको लेखेको छ ।

द हिन्दुले पनि आदित्यनाथको अभिव्यक्ति जायज नभएको भनी ओलीले आलोचना गरेको समाचार प्रकाशन गरेको छ । नेपाललाई धम्क्याउन खोजेको हो भने उचित नभएको भनी ओलीले बोलेको उल्लेख गरेको छ । भारतका टेलिभिजनहरुले पनि यसबारे बोलेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot