Logo

जनताले भष्ट्राचार भएको तथ्य उठाउँदा समेत प्रधानमन्त्रीले भ्रष्टाचारीलाई बचाउँन राष्ट्रलाई सम्बोधन गरेः नेता पौडेल



काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको चंगुलबाट बाहिर निस्कन नसकेकाले देश संकट तर्फ उन्मुख भएको टिप्पणी गरेका छन्। भ्रष्टाचारीको संरक्षक बन्ने कुरामा मात्रै प्रधानमन्त्रीको ध्यान केन्द्रित भएका कारण कोरोनाको महामारी नियन्त्रण भन्दा बाहिर जान थालेको समेत उनको दाबी छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै वरिष्ठ नेता पौडेलले शक्तिशाली प्रधानमन्त्रीको मानसिकता कम्जोर बन्दा पछिल्लो समयमा सरकारी काम कारवाही र सरकारी संयन्त्रहरु समेत कम्जोर बन्दै गएकाले महामारी नियन्त्रणमा भन्दा भ्रष्टाचारले बढी महत्व पाउन थालेको र यसको छानविन गर्ने निकाय पनि नेतृत्वको प्रभावमा परेको बताए ।

सरकार कम्जोर बन्दै गइरहेको छ भन्दै उनले प्रधानमन्त्रीको भनाई र गराइमा पूर्णभिन्नता भएकाले विश्वास गर्न नसकिने अवस्था सिर्जना भएकोसमेत पौडेलको दावी छ । औषधी खरिददेखि उपकरणसम्मको खरिदमा जनताले प्रमाणसहित तथ्य उठाउँदा प्रधानमन्त्रीले भ्रष्टाचार भएकै छैन भन्नु र फेरी भ्रष्टाचारीको संरक्षक बनेर उनिहरुको बचाउमा राष्ट्रलाई संबोधन गर्न तम्सिनु अमिल्दो प्रबृति भएको उनले बताए ।

पौडेलले भने,‘ केन्द्रमा मात्रै हैन कम्युनिष्टहरुले जितेका प्राय सवै स्थानीतहमा समेत अनियमित कामहरु भइरहेको र जनतामा समेत तेरो र मेरो भन्दै भेदभाव गरेको छ । बजेट बाढेर दुरुपयोग गरिरहेको छ । यीनै विषयलाई लिएर कांग्रेसले प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

सच्चिएर जानुस भनेको छ । गाउमा रोजगारी सिर्जना गर्न पालिकालाई पैसा पठाउ सांसदलाई हैन भनेको छ । आर्थिक विषयमा पनि ध्यान देउ भनेका छौ । तर, प्रधानमन्त्रीको चाला ठिक देखिदैन ।’

ओली सरकार अफ्नै तालमा रहेको भन्दै पौडेलले प्रतिपक्षले यो भन्दा के र कति विरोध गर्नू वाक्क भैसक्यो भन्दै अब कांग्रेस जनमत बनाउन सरकार विरुद्धमा जाने बेला भएको तर्क गरे । पाँच वर्षको स्थिर सरकारका प्रधानमन्त्री लटरपटर तर्फ लागेको भन्दै उनले यो सरकारले राज्य सञ्चालनको नैतिक दायित्व गुमाई सकेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्