२९ जेठ :भारतको असाम राज्यमा रहेको तीन सुकिया जिल्लाको बागजनमा आगो फैलिँदै गएपछि सो क्षेत्रलाई भारतीय सेनाले घेरा हालेको छ । सो क्षेत्र भारतको ग्याँसको खानी रहेको क्षेत्र भएकोले सो क्षेत्रसम्म नै आगलागि पुगेमा त्यसले ठूलो क्षति हुन सक्ने भएकोले आगो निभाउनका लागि अहिल्यै देखि सेनाले घेरा हालेर प्रयास गरिरहेको बताइएको हो ।
उक्त क्षेत्र ग्याँस खानी रहेको र आगोले क्षति पु¥याउन सक्ने भन्दै भारतीय सेनालाई भारतीय आलय इन्डिया लिमिटेडले भनेपछि सेना यस कार्यमा खटिएको बताइएको छ । तीन सुकिया जिल्लाको सो क्षेत्रमा केही दिनदेखि आगो फैलिएको छ । त्यस आगलागीमा परी बुधबार मात्र दुई जना स्थानीयको ज्यान गएको थियो ।
उक्त क्षेत्रका कम्तीमा पनि सात हजार नागरिकलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । तर स्थानीयमा त्रास फैलिएको बताइएको छ । आसाम सरकारका मन्त्री चन्द्रमोहन पटवरीले उक्त बागजन क्षेत्रको भ्रमण गर्नुभएको थियो । बुधबार उहाँले सो क्षेत्रको भ्रमण गरेर आवश्यक सहयोग उपलब्ध गराउने स्थानीयलाई आश्वासन दिनुभएको थियो ।
त्यसैगरी उहाँले भारतीय आयल इन्डियाका अधिकारीहरुसँग भेटगरी सो क्षेत्रमा आगो निभाउनका लागि सैनिक परिचालन गरिएको बताउनुभएको थियो । उहाँले सो आगलागीबाट प्रभाावित भएका नागरिकलाई क्षतिपूर्ति पनि उपलब्ध गराउने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।एएनआई