Logo

८ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ



काठमाडौं, २९ जेठ । बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा ईन्द्र पन्त पक्राउ परेका छन् । नवलपरासी(पूर्व)का ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिकाका पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी, कञ्चनपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका पौलाहका बिरु चौधरी पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । चौधरीले बुधबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot