Logo

हजुरआमाको हत्या गर्ने नाति



डडेल्धुरा, २९ जेठ । मुसल प्रहार गरेर रोशन राज गिरीले आफ्नै हजुरआमाको हत्या गरेका छन् । धान कुट्ने मुसल प्रहार गरी आफ्नै ७३ वर्षीया हजुरआमा राधा देवी गिरीको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका कुवरगाउँका गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

२४ वर्षिय रोशनले मुसल प्रहार गर्दा गम्भीर घाइते भएकी राधा देवीको उपचारको लागि अस्पतालतर्फ लैजान क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्