Logo

कोरोना कहरमा सुनको भाउ प्रतितोला १२ हजारले बढ्यो, आजको मुल्य ८८ हजार ६ सय



काठमाडौं, २९ जेठ । विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहँदा सुनको मूल्य निरन्तर आकाशिएको छ । कोरोना भाइरसको संक्रमण बढेको विगत तीन महिनामा सुनको मूल्य साँढे १२ हजार प्रतितोलाले बढेको छ ।

आज सुनको मुल्य प्रति तोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारको लागि छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार ३०० रुपैयाँ तोकेको छ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ८८ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । लकडाउन यता सुनको मुल्य तोलामा १२ हजार रुपैयाँले बढेको छ ।

त्यसैगरी, यस दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ९५० रुपैयाँ पुगेको छ अ अघिल्लो दिन बुधबार चाँदी प्रतितोला ९३५ रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस्