Logo

सिन्धुपाल्चोकमा द्वन्द्वकालीन बम भेटियो



मेलम्ची, २९ जेठ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका माङ्खामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ । वडा नं ६ मा स्वास्थ्य चौकी बनाउनका लागि खन्दै गर्दा बुधबार बम भेटिएको वडाध्यक्ष चित्र लामाले जानकारी दिनुभयो ।

स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

घटनास्थललाई सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षित राखेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यसतर्फ गइसकेको छ । सो ठाउँमा द्वन्द्वकालमा बम भण्डारण गर्ने गरिएको स्थानीय नेकपा कार्याकर्ताले बताएका छन् ।रासस File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot