काठमाडौं, २९ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्बन्धी प्रमाण संकलन गर्न विज्ञ समुले गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बेठकले प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा विज्ञ समुह गठन गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले विज्ञ समूह गठन भएको जानकारी दिएका हुन् । विज्ञ समुहले कालापानी क्षेत्र नेपालको हो भन्ने प्रमाणहरु संकलन गर्ने जिम्मेवारी पाएको छ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्शा समेटेर नेपालको नयाँ नक्शा जारी गरिसकेको छ । यसलाई समेटेर निशान छाप नयाँ बनाउने गरी संविधान प्रतिनिधिसभाबाट सर्वसम्मतबाट पारित भएको छ ।
लिपुलेकबाट भारतले लिंकरोड बनाएपछि नेपालले आपत्ती जनाएको थियो । भारतसँग गत वर्षको कात्तिक देखि नेपालले कुटनीतिक तहमा वार्ताको पहल गर्दा पनि बेवास्ता भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी गराइसकेका छन् ।