Logo

एसईई परीक्षा रद्धपछि खारेजीको बहस



जेठ २९, काठमाण्डौ । एसईई परिक्षा स्थगित गरेर आन्तरिक मुल्यांकनका आधारमा परिक्षाफल प्रकाशित गर्ने सरकारको निर्णयले करिब ४ लाख ८२ हजार बिद्यार्थीमा रहेको अन्यौलता हटाएपनि अझै कक्षा ११,१२ र विश्वविद्यालय तहको परिक्षाको बारेमा अलमल देखिएको छ ।

एसईई परिक्षा हुन्छ वा हुदैन भन्ने अन्योलता लिएर साढे दुई महिना देखि घरमा बसेका विद्यार्थीलाई बुधवारको मन्त्रीपरिषद निर्णयले राहत दिएको छ । शिक्षा मन्त्रालयको आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएसँगै यो बर्षको एसईई नियमित परिक्षणबाट परिक्षालाई छुटकारा मिलेको हो । कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा अधिकांश विद्यालयहरुमा क्वारेन्टाइन बनाइएको र परिक्षा सन्चालन गर्ने वातावरण नभएकाले आन्तरिक मूल्याङकनलाई वैधता दिने निर्णयमा सरकार पुगेको छ ।

विद्यालयले यसअघि नै गरेको मूल्याङ्कनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने, उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणीकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ ।

कोरोनाको महामारी बढिरहँदा एसईई परिक्षा भन्दा पनि आन्तरिक मूल्याङकन लाई नै मान्यता दिन माग गरेका निजि विद्यालयका छाता सगठंन प्याब्सन र एनप्याब्सन लगायतले सरकारको पछिल्लो निर्णयको स्वागत गरेका छन् । लामो समय देखि आम अभिभावक र विद्यार्थीमा भईरहेको परिक्षाको भयलाई सरकारको निर्णयले मुक्त गरिदिएको भन्दै अभिभावक सघंले समेत सरकारको निर्णयलाई सकारात्मक रुपमा लिएको छ ।

यता शिक्षाविद्ध प्रा. डा. विद्यानाथ कोईराला भने फरक मत राख्छन । सरकारको निर्णय सकारात्मक भएपनि कानुनी जटिलता भने कायमै रहेको उनको धारण छ । शिक्षाविद् कोइराला त एसईई परिक्षा सधैका लागि खारेज हुनुपर्ने तर्क गरेका छन् । कांग्रेसका नेता गगन थापाले पनि अब एसईई खारेज गर्नु नै राम्रो हुने सुझाब दिएका छन् ।

आगामी वर्षदेखि एसईई परिक्षा के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी तयारी भईरहेको मन्त्रालय बताउँछ । चैत ६ गतेदेखि सञ्चालन गर्न समय तालिका बनाइएको एसईई चैत ५ गते स्थगित गरिएको थियो । ४ लाख ८२ हजार विद्यार्थी एसईई परीक्षाको तयारीमा थिए । एसईई परिक्षाका विषयमा सरकारले ठोस निर्णय लिएपनि कक्षा एघार, बाह्र र विश्वविद्यालयका परिक्षा हुने नहुने अझै अन्यौल छ । यो अन्यौलमा अझै लाखौँ विद्यार्थीहरु रुमलिएका छन् ।



प्रतिक्रिया दिनुहोस्