Logo

नेपालमा लगानी गर्न टर्कीका व्यवसायीलाई आग्रह



काठमाडौँ २९ जेठ : सरकारले टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा लगानी गर्ने प्रशस्त अवसर रहेको भन्दै टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

टर्कीका व्यवसायीसँग आज भएको भर्चुअल बैठकमा मन्त्री भट्टराईले अहिलेको संसद्मा बहुमतले बनेको वर्तमान सरकार समृद्धि र विकासका लागि प्रतिबद्ध भएको बताउँदै लगानीमैत्री वातावरण बनेको विश्वास दिलाउनुभयो । उहाँले सरकारको नारा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकाले समृद्ध नेपाल बनाउन व्यवसायीलाई आग्रह पनि गर्नुभयो ।

मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर भएको धारणा व्यक्त गर्नुभो । बैठकमा टर्कीका वैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक, नेपालका लागि टर्कीका राजदूत सकिर ओजान टोरुनलर, व्यापार परिषद् अध्यक्ष श्री मुस्तफा अकिनसीलर सहभागी भएका पर्यटन मन्त्रालयले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्