विराटनगर, २९ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताउनुभएको छ ।
पार्टी नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उहाँले लिपुुलेक, कालापानी तथा लिम्पियाधुुरा नेपालको भूमि भएकाले सरकारले भारतसँग वार्ताका माध्यमबाट समस्या समाधान गरी उक्त भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिनुभयो ।
भूभाग फिर्ता ल्याउने विषयमा अन्तर्राष्ट्रियकरण वा अन्तर्राष्ट्रिय अदालतमा जानुभन्दा वार्तावाटै समस्याको समाधान खोज्न सरकालाई उहाँले आग्रह गर्नुभयो । मुलुकमा कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर हुुनुुपर्नेमा जोड दिँदै थ्रोट स्वाब (पीसीआर) परीक्षणको दायरा फराकिलो बनाउनुुपर्नेमा उहाँले बताउनुुभयो ।
कृष्णप्रसाद कोइराला सेवा गुुठीको आयोजनामा भएको कार्यक्रममा गुुठीका अध्यक्ष मीता आचार्य, कोषाध्यक्ष मोहनलाल महतो तथा सञ्चारकर्मी अनन्तराज न्यौपानेले स्व आर्चायले सीमान्तकृत जनताको आर्थिक उन्नति र प्रजातन्त्र स्थापनाका लागि गर्नुभएको योगदानको चर्चा गर्नुुभयो । स्मृति दिवसका अवसरमा कोशी अस्पतालमा उपचारार्थ बिरामीलाई फलफूल वितरण गरिएको थियो ।रासस File photo