Logo

भारतीय राजदूतलाई आफूले भेटेको गोकुल बाँस्कोटाको खुलासा (भिडिओसहित)



काठमाडौं, ३० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले आफूले भारतीय राजदूतलाई भेटेको स्वीकार गरेका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

नेपाल-भारत सम्बन्धमा पछिल्लो समय दरार आएको र वार्ताको लागि तपाईले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूतको रुपमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेट्नु भएको हो ? भनेर पत्रकार धमलाले राखेको प्रश्नमा बाँस्कोटाले भने-‘यही अतिरञ्जनाको, मलाई अचम्म लाग्छ क्या । एउटा कुरो के हो भने, भारतकोसितपनि भेटिन्छ । चीनको सितपनि भेटिन्छ । अमेरिकाको सितपनि भेटिन्छ । म एकजना मन्त्री भैसकेको मान्छे हुँ । सांसद अहिलेपनि छु । एउटा पार्टीको केन्द्रिय सदस्यपनि छु । मसित राजदूतहरुले भेट्न नहुने होईन, भेट्छन् । कुरा गर्न नहुने होईन, कुरा गर्छन् । त्यसैले कसको तर्फबाट ? किन ? यसरी अतिरञ्जना नगरौं न । साधारण कुरा हो । भेटघाट हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्