काठमाडौं, ३० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचारको चाङमाथि उभिएको गम्भीर आरोप लगाएका छन् । आज विहानै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता कोइरालाले सरकार जताततै भ्रष्टाचारको चाङमाथि उभिएकोले काठमाडौंको बालुवाटारलगायत देशका विभिन्न सहरमा युवाहरुले प्रदर्शन गर्नुपरेको कारण उल्लेख गरेका छन् ।
नेता कोइरालाले लेखेका छन्,’आरडिटी र पिसिआरमा भ्रष्टाचार,राहतमा भ्रष्टाचार,क्वारेन्टाइनमा भ्रष्टाचार, चार्टर फ्लाईटमा भ्रष्टाचार। यो सरकार भ्रष्टाचारको चाङमाथी उभिएको छ।त्यसैको परिणाम हो काठमाडौको वालुवाटार लगायत देशका बिभिन्न शहरमा भएको युवाहरुको प्रदर्शन।बधाई स्वतस्फूर्त प्रर्दशनमा उत्रिएका ति युवाहरुलाई।’