Logo

एसईई परीक्षा सधैको लागि खारेज गर्न संसदीय समितिको निर्देशन



काठमाडौँ ३० जेठ : एसईई परीक्षा सधैको लागि खारेज गर्न निर्देशन जारी गरेको छ । सरकारले कोरोना संक्रमणको कारण बि सं २०७६ सालको एसईई परीक्षा रद्द गरे लगत्तै संसदीय समितिले एसईई परीक्षा सधैको लागि खारेज गर्न निर्देशन दिएको हो । बैठकले कक्षा ११ को परीक्षा स्थानीय तह र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनेगरी कानूनी ब्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा परिक्षा संचालन नगर्ने निर्णय उपयुक्त रहेको उल्लेख गर्दै संविधान र कानूनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकोले यस वर्षको लागि स्थगित भएको एसईई परिक्षालाई सधैँको लागि हटाएर कक्षा १०, कक्षा ११ का परिक्षाहरु स्थानीय तहबाट संचालन गरि कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको परिक्षा हुने गरी आवश्यक कानूनी व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।सामुदायिक विद्यालयको सम्पूर्ण स्रोतको दायित्व सरकारको नै भएकोले विद्यालयको पूर्ण जिम्मा सरकारले लिनुपर्ने बैठकले निर्णय गरेको छ ।विपन्न परिवारका विद्यार्थीहरुलाई प्राथमिकतामा राखी विशेष व्यवस्था गर्नुपर्ने र सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइको सम्बन्धमा निरन्तर अनुगमन गर्ने व्यवस्था गर्नुपर्नेमा समितिको जोड थियो ।

सामुदायिक विद्यालयलाई सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउन प्रविधि, पूर्वाधार र जनशक्ति तालिमको व्यवस्था गर्नुपर्ने र कार्यक्रमहरु संचालन गर्नकोलागि आर्थिक श्रोतको समेत सुनिश्चितता गर्नु पर्ने । सामुदायिक विद्यालयहरुमा प्रविधिको दिर्घकालिन व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । मन्त्रालयले समितीको निर्देशन प्रति सकारात्मक भएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्