बिनोद पोख्रेल : (न्यूयोर्क)
बगैचामा फुलेको
एउटा सुन्दर फुल
उखेलेर गमलामा रोपे
केहि दिन त फुल्यो
जराहरु सुक्दै थिए
मल जल हालेको भए
अझै केहि दिन फुल्ने थियो
तर त्यो सौन्दर्यता
फुंग उडे जस्तो भयो
ओईलाए जस्तो भयो
फेरी अर्को नयाँ फुल
बगैचामा पलाउन थाल्यो
बढदै आयो
फुलमा कोपिला पनि
देखिन थाल्यो
फक्रियर पनि आयो
घर आगन नै
उज्यालो बनायो
चारैतिर बासना फैलियो
छिमेकमा
कतै मिठो गन्ध आयो
कतै नमिठो गन्ध महसुस भयो
गाउघर भरि
प्रसंसा हुन थाल्यो
मेरो ध्यान हर बखत
त्यो सुन्दर फुल माथी नै रह्यो
मन आनन्दित भएर आयो
तर त्यहा
भमराहरु घुम्न थाले
भमराको नमिठो आबाजले
फुलको सौन्दर्यता
कता कता ओझेल पर्न थाल्छ
मेरो मन मस्तिष्क
सुन्दरताको दृश्य भन्दा
त्यो भुन भुने आबाजले
हैरानी हुन थाल्यो
कहिले एकै छिनमै हराउछन
खुसि हुन्छु तर
फेरी रन्किएर आउछन
घुम्न थाली हाल्छन
म आफै चिट चिटाहट हुदै
भमराको स्थायी गवनको
प्रति़क्षा गरेर बस्छु
त्यो सुन्दर फुलको
सौन्दर्यता र बासनाको मात्र
आनन्द लिएर बस्न चाहन्छु
भमराको आबाज रहित
शान्त शुन्दर सितलता सहित
आनन्दमय जीवन बिताउन चाहन्छु
तर भवराको आवाजले
मेरो मन मस्तिष्कलाई सदा
भ्रमित पार्ने प्रयास गरि रहन्छ !!