Logo

१४ वर्षीया नाबालिकालाई जर्बजस्ती करणी गर्ने पक्राउ



 

ललितपुर, ३० जेठ । १४ वर्षीया नाबालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका लुभुमा बस्ने रुपन्देही मर्चवार घर भएका सन्दीप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन पार्टी प्यालेसको कम्पाउन्डभित्र लगेर विभिन्न समयमा जबरजस्ती करणी गर्दै आएको जानकारी आएकोले महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्