Logo

सालको काठसहित २ जना पक्राउ



स्याङजा, ३० जेठ । अवैध सालको काठ सहित २ जना आइतबार राति पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका कोपनीबाट ३१ थान अवैध सालको काठ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिकाका ग.१ त ५०७२ नम्बरको ट्याक्टरका चालक लेखनाथ च्वाई र सहचालक तेज बहादुर बोहोरा रहेका छन् । रोकी राखेको ट्याक्टर लोड गरिएको अवस्थामा उक्त काठ फेला पारी दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि सोमबार डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्