Logo

आज १६ जना कोरोना संक्रमित डिस्चार्ज



काठमाडौँ, ३० जेठ : स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज १६ जना सङ्क्रमित पूर्णरुपमा निको भई घर फर्किएका छन् । तीमध्ये १२ पुरुष र चार महिला रहेका छन् । अहिलेसम्म ८७७ डिस्चार्ज भई घर फर्किका छन् । तीमध्य ७८६ पुरुष र ९१ महिला रहेका छन् ।

आज डिस्चार्ज भएर घर फर्किनेमा सशस्त्र प्रहरीको कोभिड–१९ युनिफाइड अस्पताल, बलम्बुबाट दुई महिला र एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक महिला, काठमाडौँ मेडिकल अस्पताल दुवाकोटबाट दुई महिला र एक पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष र ह्याम्स अस्पतालबाट एक पुरुष डिस्चार्ज भएर घर फर्किएका छन् ।

अहिलेसम्म पिसिआर एक लाख २१ हजार ८६२ र आरडिटी एक लाख ८८ हजार ५२ जनाको गरिएको छ । २४ घण्टामा पिसिआर पाँच हजार ९२५ जना र आरडिटी नौ हजार ९०९ मा गरिएको छ ।File Photo



प्रतिक्रिया दिनुहोस्