Logo

मन्त्रीदेखि सांसदहरुको तलब १८ प्रतिशतले बढ्यो, जनताले उपचार नपाएको भन्दै विरोध सुरु



काठमाडौं, जेठ ३१ ।  कोरोनासंग देश लडिरहेको समयमा मुख्यमन्त्री, मन्त्री,राज्यमन्त्रीको तलब र सेवा सुविधा बृद्धि भन्दै विरोध सुरु भएको छ । सुदूरपश्चिम सरकारले मुख्यमन्त्री,मन्त्री,राज्यमन्त्री,साहायकमन्त्रीदेखि प्रदेशसभा सदस्य,प्रतिपक्षी दलका नेताहरुको सम्म तलब भत्ता तथा सुविधा १८ प्रतिशतले बृद्धि गरेपछि विरोध सुरु भएको हो ।

पहिला मुख्यख्यमन्त्रीले ६० हजार नौ सय ७० रुपैया तलव बुझदै आएपनि बढाएर ७१ हजार पु¥याइएको छ । त्यस्तै, मन्त्रीहरूको ५४ हजारबाट ६३ हजार, राज्यमन्त्रीको ५८ हजारबाट ६० हजार र सहायक मन्त्रीको मासिक पारिश्रमिक ५८ हजार रुपैयाँ पुगेको छ ।

प्रदेश सरकारले मुख्यमन्त्रीको ११ हजार,मन्त्रीको नौ हजार र राज्यमन्त्रीको दुई हजार तलब बढाइएको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले यस्तै,सभामुखको ५५ हजारबाट ६४ हजार, विपक्षी दलको नेता र उपसभामुखको ५१ हजारबाट ५९ हजार ५ सय, सत्ता पक्षका प्रमुख सचेतक तथा सभापतिको ४९ हजारबाट ५७ हजार ५ सय, सत्ता पक्षका सचेतक तथा विपक्षी दलको प्रमुख सचेतकले ५७ हजार र प्रदेश सभा सदस्यको ४९ हजारबाट ५६ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिक बनाइएको छ ।

प्रदेशका सांसदहरुले समेत यस अघि ४८ हजार थाप्दै आएकोमा अब ८ हजार ५ सय थपेर ५६ हजार ५ सय बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्