Logo

वाग्मती प्रदेशमा एकै दिन ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८४ पुग्यो



काठमाडौं, जेठ ३१ । वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ ।

प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँले जानकारी दिए ।

उनका अनुसार प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ उपचारपछि घर फर्किएका छन् । प्रदेशमा देशको कूल सङ्क्रमणको करिब चार प्रतिशत ९३।६५० सङ्क्रमण छ ।

प्रदेशमा कोरोनाका कारण चार जनाले ज्यान गुमाउनुपरेको छ । हालसम्म नेपालमा पाँच हजार ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने यस भाइरसका कारण १६ जनाको मृत्यु भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्