काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वर लोत्से हलमा सुरु भएको बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने एक सांसदले जानकारी दिए । प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ । यसअघि नै कांग्रेसले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । File Photo