काठमाडौं, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विस्तारै विद्यार्थीहरुको लागि सिकाईका कार्यक्रमहरु सञ्चालन गरिने बताएका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले नै स्कुल, कलेज र विश्वविद्यालयहरु खोल्दा उच्च जोखिम हुने खतरा औंल्याए । अहिले असामान्य परिस्थिति भएकोले सामान्य ढंगल सोच्न नहुने बताउँदै परिस्थिति सामान्य नभएसम्म सिकाईका कार्यक्रम जारी गरिने उनको भनाई छ ।
अझै दुई महिना विद्यालय र कलेज खुल्दैनन्, दशैं अगाडि शैक्षिक सत्र शुरु गरिनेछ- शिक्षामन्त्री पोखरेल