Logo

लिङ्गदेनले ओलीलाई बधाई दिए, प्रचण्डको आलोचना गरे



काठमाडौं, ३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र सांसद राजेन्द्र लिङ्देनले नेपालको नक्शा समेटिएको निशान छाप पारित गर्न लागेको ऐतिहासिक अवसरको नेतृत्व लिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । उनले आज प्रतिनिधिसभामा विशेष समयमा बोल्दै ओलीको प्रशंशा गरेका हुन् ।

‘म प्रधानमन्त्रीज्युलाई यो ऐतिहासिक अवसरको नेतृत्व लिनुभएकोमा बधाई एवं प्रशंशा गर्न चाहन्छुुु,’ लिङ्देनले भने । लिङ्देनले बोल्दा ओली दंग परेर टेबुल ठटाएका थिए । उनले भारतसँग कुटनीतिक वार्ताबाट भुमि फिर्ता गर्न जोड दिए ।

लिङ्देनले अन्तिमा नाम दलिई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे । राजतन्त्रमा गुमेको भुमि गणतन्त्रमा फिर्ता ल्याउन लागिएको भनी प्रचण्डले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै भने, ‘जुन संस्थाले यो भुमि बनायो त्यसले गुमायो भनी आरोप लगाउने काम गरिएकोमा मेरो विमति छ ।’



प्रतिक्रिया दिनुहोस्