Logo

भुमि अतिक्रमण भएयता प्रधानमन्त्री बनेकासँग सोधपुछ गर्न नेमकिपा सांसद सुवालको माग



काठमाडौं, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमित भु-भागमा मौनता साँधेको भन्दै विगतका प्रधानमन्त्री र गृहमन्त्रीहरुसँग सोधपुछ गर्न माग गरेका छन् । उनले भुमि अतिक्रमण हुँदा बेवास्ता गर्नेहरुलाई कारबाही गरिनुपर्ने माग गरे ।

आज प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै सांसद सुवालले नापीका कर्मचारीहरुलाई पनि कारबाही गरिनुपर्ने बताए । नेपालको अतिक्रमित भुमि फिर्ता ल्याउने भनी आफूहरुले घोषणापत्रमै उल्लेख गरेको सुवालले स्मरण गराए ।

उनले एमसीसीको विरोध गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत आलोचना गरे ।



प्रतिक्रिया दिनुहोस्