Logo

भारत चीन सीमा विवाद समाधानतर्फ उन्मुख



एजेन्जी ३१ जेठ । भारत र चीनबीचको सीमा विवादमा सकारात्मक असर देखा पर्न थालेको छ । सैन्य स्तरबाट वार्ता अगाडि बढिरहेको छ । दूवै देशबीचको गर्माहटमा कमी आएको देखिन्छ । सीमा विवाद दूई ठूला राष्ट्रबीचको सीमा विवाद साकारात्मक देखा परे यसले दूवै देशको आर्थिक सम्बन्ध अझ सुमधुर र नयाँ उचाई कायम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवत्ताले जनाएका छन् ।

सीमा विवादमा धेरै तरलता देखिएको विज्ञहरुले समेत जनाएका छन् । विवादास्पद क्षेत्रमा स्थिती सहज भए दूवै देशले भविष्यको आर्थिक र व्यापारिक आदानप्रदान अझ बढी गर्नसम्ने सम्भावना प्रवक्ताले जनाए । यस्ता महत्वको विषयहरुमा दूवै देशले एक अर्काको सहयोग गर्नेे जनाइएको छ । तर, विवादले गहिरो रुप लिए यसले दूवै देशबीच दरार पैदा गर्न सक्ने चेतावनी समेत चिनियाँ प्रवक्ताले दिएका छन् ।

त्यसकारण राजनीति, व्यापार, दूईपक्षिय सम्बन्धमा ठूलो असर पर्ने जनाइएको छ । अहिलेसम्म उक्त क्षेत्रको विवादमा तरलता देखिएको र यसले राम्रो सम्बन्धको सुरुवात गर्ने विश्वास प्रवत्ताले व्यक्त गरेका छन् । सम्बन्ध सुमधुर भए भारतको खस्कँदो अर्थ व्यवस्थालाई ठूलो राहत पुग्न सक्ने प्रवत्ताले जनाएका छन् । तत्काल भारतले आफ्नो महामारी र भोकमरीको कडा निगरानी गरी गृहकार्य गर्नुपर्नेमा ध्यान दिनु पर्नेमा प्रवत्ताको जोड थियो ।

अत्यधिक मात्रामा फैलिरहेको कोरोना भाइरस प्रति भारत सचेत भइ कदम चाल्न आवश्यक रहेको प्रवत्ताको ठहर छ । चीनर अमेरिका बीचको तनावले विश्वको राजनिती नै तहसनहस भएकोमा भारत समेत यस प्रति सचेत रही आफ्नो कदम उठाउनु पर्ने जनाइएको छ ।

भारतले आफ्नो विदश नितीलाई स्वतन्त्र तरिकाले सदैव हेर्दै र गर्दै आएको छ । यसपालीको सीमा विवादलाई कसैको साहारा नलिइ भारतले आफै निर्णय लिने आशा व्यक्त गरिएको छ । स्वतन्त्र निर्णय गरी सम्बन्ध सुमधुर गरियोस् वा अमेरिकन नितीको पछि भारत जान सक्ने यी दूई विकल्प भारतसंग रहेको जनाइएको छ । सम्बन्ध सुमधुर अथवा तनावग्रस्त बनाउन उक्त निर्णय मोदी सरकारको हातमा रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवत्ताले जनाएका छन् । तर, अकेरिकाको निती आत्मसाथ गरी भारतले आफ्नो कदम चाले र यसले चीनका आत्मसम्मानमा ठेस पुगे चीनले निर्णायक कदम चाल्न पछि नहट्ने चेतावनी दिएका छन् । चीन संगको सम्बन्ध बिग्रे भारतले भारी मात्रामा क्षति बेहोर्नुपर्ने जनाइएको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्