Logo

अब भूमि फिर्ता गर्न भारतसँग वार्ता गर्छु : प्रधानमन्त्री ओली



जेठ ३१, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउनका लागि अब कुटनीतिक वार्ताको पहल गर्ने बताएका छन् । प्रतिनिधिसभाबाट आज संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित भएपछि प्रतिक्रिया दिदै उनले भूमि फिर्ताका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै भारतसँग वार्ता गर्ने बताएका हुन् । ‘राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ,’ उनले भने ।

साथै प्रधानमन्त्रीले सबै दल एकतावद्ध भएर संविधान संशोधन विधेयक पारित गरेकोमा खुशी व्यक्त गरे । यसअघि प्रधानमन्त्री ओलीले एक इन्च भूभाग पनि कसैलाई छोड्न नसकिने बताउँदै आउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot