काठमाडौं, ३१ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या पाँच हजार नाघिसकेको छ । १८ जनाको संक्रमणबाट मृत्यु भइसकेको तथ्यांक छ । यसलाई वैज्ञानिक डा. सन्तोष दुलालले भारतकै हाराहारीको भनेका छन् । यीनै विषयमा दुलालसँग रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
कोरोना रोकथामको लागि सरकारले चालेका कदमहरु कत्तिको प्रभावकारी भयो ?
अहिलेसम्मको अवस्था हेर्ने हो भने परीक्षणको दायरालाई बढाउनुपर्ने देखि परीक्षणको दायरालाई बढाउनुपर्ने देखिन्छ । अहिले पनि नेपालको १० लाख पपुलेसनमा हेर्ने हो भने भारतको जत्तिकै छ । हामी बंगलादेशभन्दा अगाडि छौं ।
परीक्षणको दायरा बढाउन त किन चाहिएला, पीसीआर नै गर्नुपर्ला अरुले समस्या समाधान हुँदैन होइन ?
यसको प्रारम्भिक परीक्षण र निदान अत्यन्तै आवश्यक हुन्छ । किन नेपालमा धेरै मान्छेहरुलाई लक्षण नै देखिएको छैन । लक्षण नदेखिएका मान्छेहरुले संक्रमण ट्रान्समिट गर्न सक्ने विश्वस्वास्थ्य संगठन र अरु वैज्ञानिक कृतिहरुले पनि देखाएको छ । त्यही धेरै किटहरु ल्याएर परीक्षण गर्नुपर्ने अवस्था छ । क्वारेन्टाइनलाई पनि एकदमै व्यवस्थित गर्ने र आइसोलेसनमा बसेका मान्छेहरुको पनि बहु नमुनाहरु लिएर समय–समयमा परीक्षण गर्नुपर्ने म देख्छु ।
महामारीको भूमरीमा नेपाल जान्छ कि जाँदैन ?
अहिलेसम्म विश्व स्वास्थ्य संगठनले नेपाल अहिले पनि दोस्रो चरणमै रहेर लोकल ट्रान्समिसन मात्रै छ भनेको छ । तर, अहिलेको परिस्थिति र अवस्थालाई हेर्दा तेस्रो चरणमा गइसकेको छ । त्यसले गर्दा तीब्र रुपमै जान्छ जस्तो देखिन्छ ।
वैज्ञानिकको नाताले भन्नुस् कोरोना रोकथाम र नियन्त्रणको लागि भ्याक्सिनहरु बन्न थालेका छन् ?
अहिलेसम्म हेर्दा विभिन्न ठाउँबाट धेरै ठूलो अनुसन्धानहरु भइरहेको छ । त्यसलाई हामी क्लिनिकल ट्रायल भन्छौं । त्यो कामहरु चीन, अमेरिका र बेलायतमा भइराखेको छ । अमेरिकाको नेसनल एनएक्सले १८ वटा भ्याक्सिन क्यानिडेटबाट तीनवटा क्यानिडेटलाई पैसा दिने भएको छ । त्यो तीनवटा ट्रायलमा पहिलो नम्बरमा मोडना भन्ने बायो फर्मास्युटिकल्स कम्पनीको प्रोडक्ट छ । दोस्रोमा एउटा युनिभर्सिटी अक्सफोर्ड र एक्स्ट्रजेनिका भन्नेको प्रोडक्ट छ । तेस्रोमा फाइबर भन्नेमा फेस थ्री ट्रायलमा लगेर चाँडोभन्दा चाँडो खोप निकाल्ने भन्नेको फेस थ्री ट्रायल हुँदैन ।
हामीकोमा जडीबूटी त धेरै छन्, नेपालमा पनि औषधिहरु बन्न सक्छन् ?
नेपालमा पनि अध्ययन, अनुसन्धानलाई प्रोत्साहन गर्ने हो भने खोपहरुको विकास गर्न सम्भव छ ।
त्यसको लागि साधन, स्रोत चाहिन्छ होला नि ?
त्यसको लागि साधन, स्रोत र सरकारले एकदमै एक्टिभली लिनुपर्छ । युवा वैज्ञानिकदेखि लिएर नेपालका विश्वविद्यालय अनुसन्धान केन्द्रहरुलाई फन्डहरु दिनुपर्छ । त्यसपछि उहाँहरुलाई प्रोत्साहन गर्ने, खोप बनाउन वातावरण मिलाइदिने भयो भने नेपालमा पनि त्यो लेभलको जनशक्ति भएको कारणले खोप विकास हुन सक्छ । अर्को कुरा हामीकोमा भाइरस कल्चर हुँदैन । भाइरसलाई हामी ग्रो गराउन सक्दैनौं । त्यस्तो खालको ल्याबहरु भयो भने भाइरसलाई कल्चर गरेर विभिन्न खालका इनभिटो टेष्टहरु पनि गर्न सकिन्छ । र, अहिले पनि विभिन्न संस्थाहरु छन् । त्यसबाट अरु खोपहरुको विकास भइराखेको छ । अब चाहीं नेपाल सरकारले र प्रदेश सरकारहरुले पनि विज्ञान र विकास सन्दर्भलाई अत्यन्तै महत्वपूर्ण रुपले हेर्नुपर्छ ।
त्यसोभए कोरोना संक्रमणको कारणले केही आत्तिनुपर्दैन ?
कोरोनाको संक्रमणले आत्तिहाल्नुपर्ने भन्ने मलाई लाग्दैन । यो एकदमै दीर्घ रोगी र पाको उमेरका मान्छेहरु चाहीं यसले धेरै पनि मृत्यु गराएको छ । त्यसलाई हेर्दा आत्तिनुपर्ने अवस्था पनि छ । किन त्यति धेरै मान्छेहरुलाई मृत्यु गराइसकेको छ । ७६ लाख मान्छेहरुलाई संक्रमित गराइसकेको छ । नेपालमै पनि १६, १७ जनाको मृत्यु भइसकेको छ । यो आँकडा नेपाल अझै पनि थोरै छ । त्यो आँकडाको आधारमा भन्ने अवस्था छैन । त्यस्तै भारतकै केस हेर्ने हो भने ८ हजार मान्छेको यसकै कारण ज्यान गइसकेको छ । त्यसकारण धेरै नै सतर्कता अपनाउनुपर्ने चाहीं देखिन्छ ।
पछिल्लो समय नेपालमा लकडाउन खुकुलो पारिएको छ, त्यस चहलपहल बढेको छ यसले संक्रमणमा फरक पर्दैन ?
यसलाई सावधानी नपनाउने हो भने नेपालमा तीब्र रुपले संक्रमण फैलिन्छ । त्यो चौथो चरणमै जान्छ । त्यसरी चौथो चरणमा पुगिसक्यो भने नेपालजस्तो देशले थेग्न सक्ने अवस्था हुँदैन । त्यसैले धेरै संवेदनशील हुनुपर्ने देखिन्छ । त्यो भइएन भने कन्ट्रोलभन्दा बाहिर जान्छ । त्यो भयो भने दीर्घरोगी, उमेर पाका भएका मान्छेहरुलाई लाग्यो भने निको हुने चान्स एकदमै कम हुन्छ । त्यही भएर हामीले सावधानी चाहीं एकदमै अपनाउनुपर्ने छ ।
यही बेलामा सडकमा जुलुस भइराखेको त्यसले संक्रमण त झन् बढ्नेभयो नि ?
अहिलेको यो महामारीको बेलामा सडकमा गएर आन्दोलन, जुलुस, नारा गर्नुपर्ने होइन होला जस्तो लाग्छ । यस्तो क्रियाकलापले संक्रमणलाई झन् भयावह बनाएर लान्छ । अमेरिकाकै केसलाई हेर्ने हो भने एकजना गारो वर्णको प्रहरी, एकजना काला वर्णका व्यक्तिमाथि आक्रमण गरेको विषयलाई लिएर आन्दोलन भयो । त्यो आन्दोलनपछि त्यहाँ संक्रमण बढेर गएको देखियो । त्यस्तै नेपालमा पनि जुलुस गर्दा संक्रमणको जोखिम बढ्न सक्छ ।