Logo

उपेन्द्र र राजेन्द्रलाई बाबुरामको बधाई



काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नक्सासहितको संविधान सर्वसम्मतले पातिर भएको विषय नेपालीको निम्ति गर्वको विषय भएको टिप्पणी गरेका छन् । उनले यो भन्दापनि दूरगामी महत्वको विषय काठमाडौंले सधैं शंकाको दृष्टिले हेर्ने मधेश नेपाली राष्ट्रियताको पहरेदारको रूपमा आमजनमानसमा स्थापित हुनु भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टाईले जसपाका अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता राजेन्द्र महतोलाई बधाईसमेत ज्ञापन गरेका छन् । हेरौं भट्टराईको ट्विट-‘नयाँ नक्सा सहितको संविधान संशोधन२५८विरूद्ध ० मतले पारित हुनु सबै नेपालीकोनिम्ति गर्वको बिषय त हुँदै हो।त्यो भन्दा दूरगामी महत्वको विषय काठमाण्डौले सधैं शंकाको दृष्टिले हेर्ने मधेश नेपाली राष्ट्रियताको पहरेदारको रूपमा आमजनमानसमा स्थापित हुनु हो!वधाइ उपेन्द्र यादव र राजेन्द्र महतो!’ File Photo



प्रतिक्रिया दिनुहोस्