काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले नक्सा संविधानको अङ्ग बनेको र अब भूमिमाथिको स्वामित्व लिनुपर्छभन्ने संसदले सन्देश दिएको स्प्ष्ट पारेका छन् । त्यस्तै, आजको संसदले नेपालका सबै जातजाति, भाषा र समूदायको हकअधिकार र आत्मसम्मान नै हाम्रो राष्ट्रिय एकता सबैभन्दा ठुलो आधार भएको र यसरी बनेको एकताको बलमा नै हामीले हाम्रो भूमिका पुरा गर्न सक्छौँ भन्ने अर्को सन्देश दिएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल टिव्टरमार्फत थापाले यस्तो उल्लेख गरेका हुन् । हेरौं थापाको ट्विट-‘आजको संसदका दुई सन्देश: १. नक्सा हाम्रो संविधानको अङ्ग बनेको छ,अब भूमिमाथिको स्वामित्व लिनुपर्छ। २. नेपालका सबै जातजाति,भाषा र समुदायको हक अधिकार र आत्मसम्मान नै हाम्रो राष्ट्रिय एकता सबैभन्दा ठुलो आधार हो।यसरी बनेको एकताको बलमा नै हामीले हाम्रो भूमिका पुरा गर्न सक्छौँ।’