Logo

पर्वत: पहिरोमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, ६ जना बेपत्ता



पर्वत, जेठ ३२ । पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार रातिको गएको पहिरोले चार घर बगाउँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । घटनामा अझै ६ जना बेपत्ता रहेका छन् ।

राती २ बजे पनि पानी परिरहेको र अध्याँरोका कारण खोजी गर्न कठिन भएको थियो । बिहानै देखि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा उद्दार र खोजीको कार्य थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot