Logo

सुनवोरा नदीमा तटबन्ध निर्माण



काठमाडौँ, ३२ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा रु एक करोडको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको हो ।

तटबन्ध निर्माण समितिका अध्यक्ष जीवन धामीले वडा नं २ मा १५० मिटर, वडा नं ३ मा ५० मिटर र वडा नं ४ मा २१० मिटर तटबन्ध निर्माण भइरहेको बताएका छन् । निर्माण भइरहेका तटबन्धमा लन्चिङ र स्परसमेत निर्माण हुनेछ । तीनवटै वडाका तटबन्धमा दुई हजार ९०० घनमिटर ढुङ्गा र १६७ टन तारजालीको प्रयोग गरिनेछ ।

सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा निर्माण हुन लागेको तटबन्ध असार मसान्तभित्रै निमार्ण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । तटबन्ध निर्माणपछि तीनवटै वडाका झण्डै २०० घरघुरी लाभान्वित हुने बताइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot