Logo

कृषियन्त्र र उपकरण हस्तान्तण



काठमाडौँ, ३२ जेठ । शुक्लाफाँटा नगरपालिका–३ का किसानलाई अनुदानमा शनिबार पावरट्रिलरलगायतका कृषि औजार र उपकरण हस्तान्तरण गरिएको छ ।

कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादन अभिवृद्धि गर्नका लागि सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत अनुदानमा कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्कालगायतले नौवटा पावरट्रिलर, प्लाष्टिक घर २६, पाँच पम्पसेट, इलेक्ट्रिक स्प्रे ट्याङ्कीलगायतका कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएको हो । किसानलाई बीउ, विषादी र सूक्ष्मतत्वसमेत आवश्यकतानुसार उपलब्ध गराइएको छ ।

मुख्यमन्त्री कृषि नमूना गाउँ समन्वय समितिका अध्यक्ष टीकुराम चौधरीले कार्यक्रम सञ्चालनका लागि रु ५० लाख बजेट परिचालन गरी कृषि औजार र उपकरण खरिद गरिएको बताएका छन् । सोमध्ये किसानलाई ८० प्रतिशत अनुदानमा पम्पसेट र ५० प्रतिशत अनुदानमा पावरटिलरलगायतका सामग्री उपलब्ध गराइएको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्