पोखरा, जेठ ३२ । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २३ र ३२ का दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।रासस