कञ्चनपुर, जेठ ३२ । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ का ३२ बर्षीय स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । ति स्वास्थकर्मीमा शनिवार कोरोना संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको सङख्या तीन पुगेको छ ।
यसअघि कञ्चनपुरकै पुर्नवास नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो।