Logo

असार १ गत्ते देखि रेडियो र टीभीबाट कक्षा संचालन गर्न सरकारद्वारा तालिका सार्वजनिक



काठमाडौँ ३२ जेठ : शिक्षा मन्त्रालयले लकडाउन अवधिभर शिक्षालाई प्रविधि मार्फत प्रदान गर्ने भएको छ। लकडाउन अवधिभर विद्यार्थीलाई घरमै बसेर । प्रविधिको माध्यमबाट पढ्ने वातावरण मिलाएको छ।

लकडाउनका कारण प्रभावित कक्षाहरुलाई पुनः संचालनमा ल्याउन शिक्षा मन्त्रालयले असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने व्यवस्था मिलाएकाे छ। शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका सार्वजनिक गरेकाे छ। जसअनुसार नेपाल टेलिभिजनको एनटीभी प्लसबाट असार १ गतेदेखि ३१ गतेसम्म विषयगत पाठ पढाइ हुनेछ।

त्यसैगरी कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जनाएको छ। प्रभावित शिक्षालाई निरन्तरता दिने उद्देश्यले घरमै पढ्ने व्यवस्था

महामारीका कारण विद्यालयहरु दुई महिना अझ नखुल्ने अवस्था देखिएपछि सरकारले उक्त निर्णय लिएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot