Logo

नेपालको नयाँ नक्सा संसदबाट पारित भएपछि शीर्ष नेताहरुले के भने ? हेरौं भिडिओ



काठमाडौं, ३२ जेठ । हिजो जेठ ३१ गते शनिबार प्रतिनिधिसभाबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा पारित भएपछि नेपालका शीर्ष नेताहरुले खुशी व्यक्त गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शीर्ष नेताहरुले अतिक्रमित भूमि फिर्ता ल्याउन नेपालले भारतसँग वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । वार्ताभन्दा अर्को विकल्प नभएको जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट पारेका छन् । हेरौं कुन नेताले के भने ? भिडियोसहितः



प्रतिक्रिया दिनुहोस्