Logo

बलिउड नायक सुशान्त सिंहद्वारा आत्महत्या



एजेन्सी, ३२ जेठ । बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईस्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।

भारतीय मिडियाहरुले उनको आत्महत्याको घटनालाई प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् । ३४ वर्षीय बलिउड नायक सिंह रोमान्टिक अभिनयका कारण लोकप्रीय थिए ।

उनको पछिल्लो चलचित्र छिछोरी लोकप्रीय बनेको थियो । उक्त फिल्ममा उनको श्रद्धा कपुरसँगको रोमान्स हेर्न पाइन्छ । पीके, केदारनाथ लगायतका फिल्ममा पनि उनको अभिनय हेर्न पाइन्छ । शुरुमा टिभी स्क्रिनमा काम गरेर उनी चलचित्र क्षेत्रमा लागेका थिए ।

सिंहको रिया चक्रवर्तीसँग प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो । उनले इन्स्टाग्राममा पछिल्लो पटक आमासँगको तस्बिर पोष्ट गरेका थिए ।

उनले ६ महिनादेखि डिप्रेशनको औषधि खाइरहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्