एजेन्सी, ३२ जेठ । पतञ्जलीले कोरोनाविरुद्वको औषधी पत्ता लगाएको दाबी गरेको छ । बाबा रामदेवको आर्युवेद औषधी उत्पादन कम्पनी पतञ्जलीले कोरोनाविरुद्वको औषधी पत्ता लगाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्वामी बालकृष्णले जानकारी दिएका हुन् ।
औषधी कोरोना संक्रमित व्यक्तिलाई १४ दिन भित्र निको पार्ने जनाइएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । उक्त औषधीको प्रयोग सय जनामा गरिएको र नतिजा साकारात्मक देखिएको बालकृष्णले जनाएका छन् ।
कोरोना महामारी सुरु भएपश्चात कोरोनाविरुद्व प्रभावकारी औषधीको विकास गर्न पतञ्जलीले वैज्ञानिक टोली गठन गरेको थियो । उनीहरुले भाइरस विस्तार र भाइरसविरुद्व लड्न गरी औषधी निर्माण गरेको जनाइएको छ ।
कोरोनाविरुद्व लड्न आयुर्वेद नै एक प्रभावकारी उपाय रहेको बालकृष्णको ठहर रहेको छ । कम्पनीले नियन्त्रित औषधी परिक्षण गरिरहेको र एक साता भित्रमा औषधीको प्रमाण जारी गर्ने विश्वास उनले लिएका छन् ।
यसैगरी, खोप निर्माणको दौडमा सय भन्दा बढी कम्पनीहरु विभिन्न परिक्षण गरिरहेका छन् । भारतको महाराष्ट्र राज्य सरकारले कारोनाविरुद्व हेमियापेथीलाई खारेज गरेको छ । राज्य सरकारहरुले आर्यूवेदलाई कोरोनाविरुद्व लड्न प्रभावकारी मान्दै उपयोगमा समेत ल्याएको छ ।