Logo

सरकारले सातवटा गन्तव्यबाहेक अन्यको हवाई भाडा घटायो



काठमाडौँ ३२ जेठ : सरकारले विदेशमा रहेका नेपालीको उद्धारका लागि हवाई भाडा घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातवटाबाहेक अन्य गन्तव्यको भाडा घटाएको हो ।

नागरिक उड्डयनमन्त्रालयले आबुधाबीको भाडा ५ सय डलरबाट ४ सय ५०, माल्दिभ्सको भाडा ५ सय ५ डलरबाट ४ सय ८०, ओमानको भाडा ५ सय १० डलरबाट ४ सय ६०, क्वालालम्पुरको भाडा ५ सय २० डलरबाट ४ सय ६५, शारजहाँको भाडा ५ सय डलरबाट ४ सय ५०, दोहाको भाडा ५ सय ४५ डलरबाट ४ सय ९०, बहराइनको भाडा ५ सय ४५ डलरबाट ४ सय ९०, कुवेतको भाडा ५ सय ७० डलरबाट ५ सय १० डलर कायम गरेको छ ।

त्यसैगरी साउदी अरबको दमामको भाडा ५ सय ९० डलरबाट घटाएर ५ सय ३०, रियादको ६ सय ३० डलरबाट ५ सय ६५, जेद्दाको ७ सय ७० डलरबाट ६ सय ९०, साइप्रसको ८ सय ७५ बाट ८ सय ३०, सुडानको ९ सय ४० डलरबाट ८ सय ९०, फ्रयाङ्कफर्ट १२ सय ५५ डलरबाट ११ सय ९०, लन्डन १३ सय ४० डलरबाट १२ सय ९०, दुबई ५ सय डलरबाट ४ सय ५० डलर, जोर्डनको ८ सय १५ डलरबाट ७ सय ७५ बनाएको छ । चौतर्फी आलोचना भएपछि सरकारले उक्त निर्णय लिएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot