Logo

दुर्घटनामा गाउँपालिकाको अध्यक्षको निधन



काठमाण्डौं, ३२ जेठ । आफैले चलाएको गाडीले साइकलयात्रीलाई जोगाँउन खोज्दा गाँउपालीकाका अध्यक्ष राजकुमार शर्माको ज्यान गएको छ । नवलपरासीको पश्चिम प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको दुर्घटनामा परी ज्यान गएको हो ।

जिल्ला विपद् व्यस्थापन समितिको बैठकमा सहभागी हुन आज बिहान गाउँपालिकाबाट हिडेका शर्माको बर्दघाटमा दुर्घटना परी मृत्यु भएको हो । उनी आफैले चलाएका गाडीले अगाडीबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भएको थियो । ५१ वर्षीय शर्माको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । सगरमाथा पोस्टबाट



प्रतिक्रिया दिनुहोस्