Logo

विहान ८ बजेदेखि ६ बजेसम्म दुई सिफ्टमा बैंक खोल्न राष्ट्र बैंकको निर्देशन



काठमाडौँ ३२ जेठ  : नेपाल राष्ट्र बैंकले सेवाग्राहीको चाप मूल्याँकन गरी भीडभाड हुने ठाउँमा सिफ्ट वाइज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बैंक खोल्न निर्देशन दिएको छ।

केन्द्रिय बैंकले सेवाग्राहीको भिडभाड नहुने र दुरी कायम हुनेगरी लामबद्ध हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ भने विद्युतिय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न भनेको छ।

त्यस्तै बैंकमा प्रत्यक्ष रुपमा सेवाग्राहीसँग सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षाको न्युनतम उपायहरु अबलम्बन गर्न निर्देशन दिएको छ।

मेरोलागानी



प्रतिक्रिया दिनुहोस्