Logo

भोलिदेखि विद्यालय तहको पढाई सुरु



जेठ ३२, काठमाण्डौ । विद्यालय तहका विद्यार्थीहरुले अब घरमै बसेर पढ्न पाउने भएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण तत्काल विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था छैन । सरकराले अब रेडियो टेलिभिजन जस्ता माध्यमबाट पठन पाठन अघि बढाउने भएको छ ।

यदी कोरोना संक्रमणले अवरोध नगरेको भए यतिबेला नयाँ शैक्षिक सत्र सुरु भएर पनि पहिलो त्रैमासिक परिक्षा भइसक्नुपर्ने थियो । तर नयाँ शैक्षिक वर्ष सुरु हुनुअघि नै कोरोनाको सम्भावित जोखिम बढ्यो र मुलुक नै लकडाउन गरियो । पछिल्ला दिनमा संक्रमण बढिरहेको छ । जसका कारण विद्यालयमा विद्यार्थी उपस्थित गराएर पठन पाठन अघि बढाउन सक्ने अवस्था छैन । यसैलाई मध्यनगर गर्दैसरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ ।

एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउने योजना बनाइएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रेडियो र टिभीबाट पढाउने योजना बनाएको हो । योजनाअनुसार टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ असार एक गतेदेखि नै सुरु हुनेछ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ । यसका लागि आठ कक्षासम्मकालाई हुने एउटा–एउटा पुस्तक बनाएर डिजिटल कपी तयार पारिएको छ ।

३ कक्षासम्मको डिजिटल कपी वेबसाइटमा राखिसकिएको छ । चारदेखि–आठ कक्षासम्मको पनि राख्ने तयारी भइरहेको छ । स्थानीय तहहरुले पनि तीन कक्षासम्मको सामग्री घर–घरमा वितरण गर्न थालेका छन् । त्यसैगरी विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको पनि प्रयोग गरिरहेको छ ।

लकडाउनकै बीचमा कतिपय विद्यालयहरुले इन्टरनेट प्रविधि प्रयोग गरी विद्यार्थीहरुलाई पढाइरहेका छन् । कतिपयले विद्यालयले भने लकडाउन अवधिमै अनलाईन शिक्षाको सुरुवात गरेका थिए । तर त्यसले सबै विद्यार्थीलाई समेट्न सकेको थिएन । सरकारले भर्चुअल शिक्षाको अवधारणा अघि सारे पनि त्यो सफल हुन सकेन । लकडाउनकारण प्रत्यक्ष शिक्षा क्षेत्र पनि प्रभावित छ । नेपालमा पनि एसईईदेखि स्नातकोत्तरसम्मका परीक्षा स्थगित छन् । भलै एसईईको परिक्षा भने यस वर्षका लागि रद्ध नै गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot