Logo

सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा



काठमाडौं, असार १ । दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ ।राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो ।

कोभिड–१९ र लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि राजस्व संकलन प्रभावित हुँदा यो स्थिती आएको हो ।

राजस्व संकलन प्रभावित भएपछि कर्मचारीका तलबलगायतका चालू खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको अर्थमन्त्री डा खतिवडाले समेत स्वीकार गरिसकेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्